April 17, 2021, Saturday
२०७८ बैशाख ४

रुकुम पश्चिममा पहिरोमा बेपत्ता दुईकाे शब फेला

291

रुकुम पश्चिमकाे बाँफिकोट गाउपालिका वडा नम्बर ९ झुलाकाे स्याला भन्ने गाउँमा गएराति पहिरो खस्दा बेपत्ता भएका २ जनाकाे मृत अवस्थामा शव फेला परेको छ । बिहान ४ बजे पहिरोले घर बगाउदा बेपत्ता भएका २२ बर्षका नवीन सुनार र साथीको घरमा सुत्न आएका १६ बर्षका छिमेकी बल बहादुर सुनुवारकाे शव उद्दारमा खटेकाे प्रहरी टाेलिले फेला पारेको हाे ।

। स्थानीय र नेपाल प्रहरीले खोजि कार्य गरिरहेका थिए । पहिरोमा परेर ३ जना घाइते भएका छन ।घाइते मध्ये अलि गम्भीर ५५ बर्षकि झुपि सुनारकाे छिन्खेत मेडिकलमा उपचार भैरहेको छ ।