काठमाडौं – अमेरिकामा कोरोनाले मृत्यु हुनेको संख्या १ लाख ५० हजार नाघेको छ ।
करिव ७ महिनादेखि फैलिएको कोरोना भाइरसको महामारीले अमेरिकामा मंगलबार यो समाचार पार्दासम्म एकै दिन ५७० जनाको मृत्यु भएको छ । योसँगै मृतक संख्या १ लाख ५० हजार ४१८ पुगेको छ ।
यस्तै एकै दिन ६० हजार २७२ जनामा संक्रमण पुष्टि हुँदा कुल संक्रमित संख्या ४४ लाख ३२ हजार १११ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म २१ लाख ३३ हजार ५८२ जना संक्रमणमुक्त भएका छन् ।