October 25, 2020, Sunday
२०७७ कार्तिक ९

बागलुङको विभिन्न ठाउँमा बाढी पहिरोमा परी चार जनाको मृत्यु

213

बागलुङ– बागलुङको विभिन्न ठाउँमा बाढी पहिरोमा परी चार जनाको मृत्यु भएको छ। सोमबार रातिदेखि निरन्तर भइरहेको वर्षासँगै आएको पहिरोले घर पुरिँदा  तमानखोला गाउँपालिका–२ मा पालबहादुर विकका १३ वर्षीया छोरा खिमबहादुर विक र १२ वर्षीया छोरी रीता विकको मृत्यु भएको छ।

घरमा सुतिरहेको अवस्थामा घरमाथिबाट आएको पहिरोले उनीहरुलाई पुरेको प्रहरीले जनाएको छ। सँगै सुतिरहेकी मृतककी आमा होमकुमारी विक गम्भीर घाइते भएकी छन्। उनलाई उपचराका लागि अस्पताल पठाउने तयारी भइहेको छ। पालबहादुर रोजगारीको सिलसिलामा विदेशमा छन्। घर क्षतविक्षत अवस्थामा रहेको प्रहरी नायब उपरीक्षक राजेन्द्र रेग्मीले जानकारी दिए।

त्यस्तै निसीखोला गाउँपालिका–१ मा एक घर पहिरोले पुरेको छ। पहिरोमा परी अन्दाजी पाँच वर्षीय समिर परियारको मृत्यु भएको प्रनाउ रेग्मीले बताए।‍ निसीखोला गाउँपालिकामानै अन्दाजी ६० वर्षीया एक महिलाको शव खोलाको छेउमा फेलापरेको छ। उनको पहिचान नखुलेको जनाइएको छ।

Recent Update