October 31, 2020, Saturday
२०७७ कार्तिक १६

बामदेवको नयाँ प्रस्ताव : तत्काल ओलीलाई नचलाउने

234

काठमाडौं – नेकपा उपाध्यक्ष वामदेव गौतमले पार्टी विग्रह तत्काल रोक्नका लागि भन्दै अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाललाई ६ बुँदे प्रस्ताव बुझाएका छन् ।

गौतमले एकता महाधिवेशनसम्म अध्यक्ष र प्रतिनिधिसभाको यस कार्यकाल भरि ओली नै प्रधानमन्त्री रहने गरी सहमतिको प्रस्ताव गरेका हुन् ।

अर्का अध्यक्ष दाहाल एकता महाधिवेशनसम्म सम्पूर्ण कार्यकारी अधिकारसहित अध्यक्षको जिम्मेवारीमा रहने प्रस्ताव उनले गरेका छन् । यस्तै पार्टी महाधिवेशन सहमतिमा आयोजना गर्ने पनि उनको प्रस्तावमा छ ।

Recent Update