January 22, 2021, Friday
२०७७ माघ ९

पहिरोमा परी एकै घरका पाँच जना वेपत्ता

81

सुर्खेत- लगातारको अबिरल वर्षाका कारण आएको पहिरोमा पुरिएर कालीकोटमा एकै घरका पाँच जना बेपत्ता भएका छन् । 

सोमबार रातिी आएको पहिरोमा पुरिएर रास्कोट नगरपालिका १, बड्लतोलाका जयबहादुर शाहीसहित उनको पाँच जनाको परिवार वेपत्ता भएका हुन् । 

शाहीसहित उनका दुई छोरा, एक छोरी र एक अर्की नाता पर्ने बालिकासहित पाँच जना पहिरोमा पुिरएर बेपत्ता भएको नगर उपप्रमुख मिमसरा बमले जानकारी दिइन् । 

उनका अनुसार पहिरोले शाहीको घर पुरिएको र उद्दारका लागि अहिले पानी परिरहेकाले कठिनाई भइरहेको बताइन्