April 19, 2021, Monday
२०७८ बैशाख ६

सवारीसाधन जरिवाना बाट सल्यानमा ३२ लाख ६६ हजार राजस्व संकलन

493

जिल्ला ट्राफिक कार्यालय सल्यानले आर्थिक बर्ष २०७६/०७७ मा सवारीसाधन बाट जरिवाना स्वरुप ३२ लाख ६६ हजार रकम राजस्व संकलन गरेको जनाएको छ ।उक्त अबधिमा ६ सय ३५ बस,५ सय २३ ट्रक ७ सय १५ जिपकार,१ हजार ४ सय ३८ माेटरसाइकल र ३ सय ५२ ट्याक्टरलाई जरिवाना गरिएको थियो ।

जिल्ला ट्राफिक कार्यालय सल्यानका कार्यालय प्रमुख सन्दिप बिकका अनुसार निमय उलंघन गर्ने यात्रुबाहक बस बाट,पाँच लाख ६० हजार ,ट्रक बाट चार लाख ५४ हजार पाँच सय,जिपकार बाट ६ लाख २३ हजार पाँच सय ,माेटरसाइकल बाट १३ लाख २४ हजार र ट्याक्टर बाट तीन लाख ४ हजार राजस्व संकलन गरिएको हाे । यस्तै अघिल्लो आर्थिक बर्षमा सल्यान ट्राफिकले ५६ लाख ५५ हजार पाँच सय राजस्व संकलन गरेको थियो ।साथै सल्यान जिल्लामा सवारी चालक अनुमतिप्रत्र बिना सवारी साधन चलाउन निरुत्साहित गर्न कडाइका साथ चेकजाँच भइरहेको कार्यालय प्रमुख बि क जानकारी दिएका छन !