October 19, 2020, Monday
२०७७ कार्तिक ४

साच्चिकै याे राँगोकाे मूल्य ७१ हजार पाँच सय रुपैयाँ हाे त ?

1.8K

सानाेभरी गाउँपालिका रुकुम पश्चिम द्वारा ७० हजार ५० मा खरिद भनिएको राँगो

रुकुम पश्चिमकाे एक स्थानीय निकायले किसानलाई उपलब्ध गराएका सात वटा राँगाहरु अहिले चर्चामा छन ।विषेश गरि अस्वभाविक मुल्यमा खरिद गरेर राँगा वितरण गरिएको भन्दै एउटा राँगाकाे फाेटा सामाजिक सञ्जालमा निकै भाइरल छ । नेपाल सरकारका पुर्व सचिव भिम उपाध्यायले उक्त तस्बिर सामाजिक सञ्जालमा पाेस्ट गर्दै सरकारी अनुदानमा रुकुमको सानाेभरी गाउँपालिकाले ७१ हजार ५ सयमा वडा नम्बर ८ मा वितरण गरेको राँगा भनेर पाेस्ट गरेपछि याे बिषय झन चर्चामा छ ।

कसरी खरिद गरिएको थियोे राँगाहरु

उक्त कुरा सामाजिक सञ्जालमा भाइरल भएपछि हामीले सम्बन्धित पक्ष सँग बुझ्ने प्रयास गरेको थियौँ ।सुरुमा वडा नम्बर ८ का अध्यक्ष शसिराम बिसी सँग राँगाकाे मुल्य कति हाे भनेर साेधेका थियौं ,जवाफमा उनले पाँच लाखमा सात वटा राँगा खरिद गरिएको हाे भने ।तपाईंको वडामा वितरण गरिएकाे राँगा फेसबुकमा भाइरल छ नि खास मुल्य कति हाे भन्दा ,उनलेे काेहि साना काेहि ठुला राँगा खरिद भएको स्विकारे ।हामीले खरिद गरेको हाेइन गाउँपालिले समन्वय गरेको हाे ,भेटेनरी कार्यालयले खरिद गरेको उनलेे बताए ।

भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय सुर्खेतकाे सहयोगमा गाउँपालिका मार्फत आर्थिक बर्ष २०७६/०७७ मा किसानलाई उन्नत जातका राँगा वितरण गर्ने कार्यक्रम थियो । साेहि कार्यक्रम अन्तर्गत खरिद गरिएका राँगामा अनियमितता भएको भन्दै लगाइएको आराेपलाई खण्डन गर्न सक्ने दरिलाे तर्क भने गाउँपालिका सँग छैन ।टेन्डर गरेर खरिद गरेको भनिएपनि सबै राँगाकाे मुल्य बराबर बराबर देखिन्छ ।खरिद गरिएका राँगाहरु उन्नत जातका हुन हाेइन भन्नेमा पनि संका छ एक स्थानीयले भने ।उक्त राँगाहरु छिमेकी त्रिवेणी गाउँपालिका बाट खरिद गरिएकाे थियो ।

खास कति हाेला त राँगाकाे मूल्य ?

उक्त फाेटामा देखाइएको राँगाकाे मुल्य स्थानीय चलेको चलन अनुसार १२ देखि १५ हजार सम्म पर्छ ।एक स्थानीयले भने बढि परे २० हजार नै भनाै तर यहाँ सरासर भ्रष्टाचार भएको छ । यस बिषयमा गाउँपालिका अध्यक्ष नर बहादुर पुन सँग जिज्ञासा राख्दा अनावश्यक चर्चा गरेको भन्दै खण्डन गरे ।राँगा खरिदमा अनियमितता भएको छैन उक्त राँगोलाई ३५ हजार परेको हाे पुनले भने ।केहीलाई ७० हजार सम्म पनि परेको छ ,फरकफरक मुल्यमा खरिद गरिएको हाे उनलेे भने ।

तर सबै राँगा ३५ हजार मूल्य पर्ने खालका नभएका हुदा यसमा आम नागरिकको चासो बढेको हाे ।केही दिन अगाडि जिल्ला समन्वय समिति रुकुमका संयाेजक राज कुमार शर्माको प्रमुख आतिथ्यतामा उक्त राँगाहरु सानाेभेरी गाउँपालिकाकाे वडा नम्बर १ ,२,७,८,९,१० र ११ वडामा वितरण गरिएको थियो ।सबैभन्दा सानाे राँगा वडा नम्बर ८ मा वितरण गरिएको गाउँपालिका अध्यक्ष पुनले दावि गरे ।

Recent Update