May 18, 2021, Tuesday
२०७८ जेष्ठ ४

एसिड पिडित युवतीलाई भेटन गृह सचिव र प्रहरी प्रमुख अस्पताल पुगे

341

केही दिन अगाडि काठमाडौकाे सितापाइलामा एसिड आक्रमणमा परि घाइते भएकि युवतीलाई भेटन गृह सचिव महेश्वर न्यौपाने र प्रहरी महानिरीक्षक शैलेस थापा क्षेत्री अस्पताल पुगेका छन ।मंगलबार दुबै जना पिडित युवतीकाे उपचार भैरहेको किर्तिपुर अस्पताल गएर एसिड पीडित लाई भेटेका हुन ।
गृह सचिव र प्रहरी महानिरीक्षक थापालाई पिडित युवतीले आफुमाथि आक्रमण गर्नेलाई कडाभन्दा कडा कार्वाही गर्न अनुरोध गरेकि छिन ।बाेल्न समस्या भएकोले लेखेर उनलेे यस्तो आग्रह गरेकि हुन ।उनको अनुरोधलाई गम्भीरतापूर्वक लिएर दाेषीलाई कडा कार्वाही गर्ने कुरामा कुनै कसुर बाँकी नराख्ने दुबैले प्रतिबद्धता जनाएका थिए ।

पिडित युवतीलाई उपचार खर्च जुटाउन र निशुल्क रुपमा बहस गर्न समाजसेवी तथा अधिवक्ता राधिका खतिवडाले अभियान संचालन गरेकि छिन ।खतिवडाको सक्रियतामा केही रकम समेत जम्मा भैसकेको छ । खतिवडाको समुहले स्वास्थ्यमन्त्रीलाई पिडितकाे उपचार निशुल्क गरिदिन अनुरोध गरेपछि स्वास्थमन्त्रीले पिडितलाई भेटेर निशुल्क उपचार गर्ने आश्वासन समेत व्यक्त गरेका छन ।

।पिडित युवतीको पक्षमा बहस गर्न कम्तिमा पनि एक सय अधिवक्ता जुटाउने लक्ष्य रहेको खतिवडाले बताइन ।प्रहरीले घटनामा संलग्न दुई जनालाई यस अगाडि नै पक्राउ गरि अनुसन्धान अगाडि बढाइरहेको जनाएको छ ।