काठमाण्डौ – गएको २४ घण्टामा विश्वभर २ लाख ३८ हजारभन्दा धेरैमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यो अहिलेसम्मकै धेरै हो ।
केही समययता नयाँ बिरामी थपिने क्रम बढेकामा गएको २४ घण्टामा अहिलेसम्मकै धेरै बिरामी थपिएका वल्डोमिटरले जनाएको छ ।
यसअघि हिजो २ लाख १८ हजार र अस्ति २ लाख २४ हजार बिरामी थपिएकामा २४ घण्टामा २ लाख ३८ हजार नयाँ बिरामी थपिएका हुन् ।
योसँगै विश्वभर सङ्क्रमितको सङ्ख्या १ करोड ६८ लाख ७४ हजार नाघेको छ । जसमध्ये १ करोड ४ लाख ३३ हजार मानिस उपचारपछि निको भएका छन् ।
२४ घण्टामा २ लाखभन्दा धेरै निको भएका छन् ।