January 21, 2021, Thursday
२०७७ माघ ८

आज देशका केही ठाउँमा ठूलो पानी पर्ने, बाढी पहिरोको जोखिम भएकाले सर्तक रहन आग्रह

159

काठमाण्डौ  – आज देशका केही ठाउँमा ठूलो पानी पर्ने मौसमविद्ले पूर्वानुमान गरेका छन् । 

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज प्रदेश ५ र गण्डकी प्रदेशका केही तथा प्रदेश १, २, वाग्मती र कर्णाली प्रदेशका एक दुई ठाउँमा ठूलो पानी पर्ने संभावना छ । ठूलो पानी परेपछि बाढी, पहिरो र डुबान हुने जोखिम भएकाले आसपासका बासिन्दाले सावधानी अपनाउनुपर्नेछ । 

आज बिहान सुदूरपश्चिम प्रदेशका कैलाली, कन्चनपुर, डडेल्धुरा, डोटी, अछाम र प्रदेश २ काे महोत्तरी, धनुषा र सप्तरीका केही ठाउँमा ठूलो पानी परेको र अरु ठाउँमा हल्कादेखि मध्यम खालको पानी परिरहेको महाशाखाले जनाएको छ । 

यसैबीच गएको ६ घण्टामा ठूलो पानी परेपछि दैलेख र सुर्खेत भएर बहने नदीमा एक्कासी बाढी आउने जोखिम रहेको भन्दै तटीय क्षेत्रका बासिन्दालाई सतर्क हुन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।