December 1, 2020, Tuesday
२०७७ मंसिर १६

बाजुराको ताम्सुमा पहिरोले एक घर बगायो, ५० घरपरिवार अझै पहिरोको जोखिममा

330

बाजुरा – बाजुराको त्रिवेणी नगरपालिका–९ ताम्सुमा पहिरोले एक घर बगाएको छ ।

मङ्गलबार रातिदेखि निरन्तर वर्षाका कारण पहिरो आएर घर बगाएको हो । पहिरो अहिले पनि बगिरहेको स्थानीयवासी मदन थापाले बताए । उनका अनुसार एक घर पूर्णरूपमा बगाइसकेको र पाँच घर पहिरोका नजिक रहेकाले जोखिममा छन् । ताम्सुमा ५० घरपरिवार छन् ।

पहिरो निरन्तर बग्ने हो भने गाउँ नै जोखिममा रहने स्थानीयवासीले बताएका छन् । 

Recent Update