August 3, 2021, Tuesday
२०७८ श्रावण १९

प्रहरी निरिक्षक हरी ओली जब शव बाेकेर हिडे…..

1.2K

पहिरोमा परेर ज्यान गुमाएकाकाे शव बाेकेर हिडिरहेका (कालो रेनकाेटमा) प्रहरी निरिक्षक हरि वली

जिल्लाकाे बाँफिकाेट गाँउपालिका वडा नम्बर ९ मा साेमबार राति पहिराे जादा २ जनाकाे ज्यान गयो भने तीन जना घाइते भए । घटनाको खबर पाउने बित्तिकै अस्थायी प्रहरी चाैकि छिन्खेत बाट असइ बालकृष्ण खड्काको नेतृत्वमा केही प्रहरी मंगलबार बिहानै उद्दारमा खटे ।जमिन असाध्यै अप्ठ्यारो र भिरालो भएकोले उद्दार कठिन थियो ।असइ बालकृष्ण हिलाम्मे देखिन्थे ।उद्दार कार्य निकै कठिन भैरहेको थियो ।यहि बिचमा रुकुम पश्चिमकाे सदरमुकाम मुसिकाेट बाट प्रहरी निरिक्षक हरि वलीकाे नेतृत्वमा घटनास्थल तर्फ लाग्यो । बाटोमा पहिराे आएकोले घटनास्थल पुग्न हरिकाे टाेलीले निकै चुनाैतिकाे सामना गर्नुपर्याे ।

बल्लतल्ल घटना स्थल पुगेको हरिकाे टाेलीले घटनाकाे मुचुल्का देखि सबै कानुनी प्रकृयाकाे आवश्यक कागजात तयार गर्याे । घटनामा निधन भएका २ जनाकाे शवकाे पाेस्टमार्टमकाे लागि जिल्ला अस्पताल ल्याउनु पर्ने भयो ।उद्दारमा खटेका गाउँले देखि प्रहरी निकै थकित थिए ।शवलाई स्टेचरमा राखेर गाडी भेटिने ठाउँ सम्म ल्याउन कठिन थियो ।त्यहि क्रममा प्रहरी निरिक्षक हरि ओली शव बाेक्न आफै अग्रसर भए ।उनलेे, उनका सहकर्मी र स्थानीयले २ वटा शव बाेकेर गाडी भएको स्थान सम्म ल्याए ।उनलेे शव बाेकेकाे फाेटा सामाजिक सञ्जालमा प्राप्त भएपछि हामीले यस बिषयमा उनलाई बुझ्ने प्रयास गरेका थियौं ।

बुधबार बिहान फाेन गर्दा उनी जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमकाे निवासमा रहेछन् ।हिजो शव बाेकेर आउदा चप्पल लगाएकोले पहिरोमा टेक्दा उनको खुट्टामा घाउ बनेकाे रहेछ ।सामाजिक सञ्जालमा उपलब्ध भएको तस्वीर अरु कसैले खिचेर अपलाेड गरेको हुनुपर्छ, हामीले देखाउनलाई फाेटा खिचेका थिएनौं निरिक्षक ओलीले भने ।नागरिकको सेवा,सुरक्षा र उद्दार हाम्रो कर्तव्य , कर्म हाे, चर्चामा आउन र देखाउन कुनै बनावटी काम गरिदैन उनलेे भने ।

मंगलबार दिनभर पहिराेमा परेकाकाे उद्दारमा प्रहरी र स्थानीयबासीहरु खटे ।सशस्त्र प्रहरी र नेपाली सेनाको त्यहाँ सहभागीता थिएन ।प्रहरी निरिक्षक ओली रुकुममा याे मात्रै हाेइन अन्य शान्ति सुरक्षा कायम गर्ने कुरामा सधैं अग्रसर छन् ।गएको पुष महिना जागिरकाे पहिलो कर्मथलाे रुकुम बनाउन रुकुम पुगेका २७ बर्षका ओलीले अबैध रुपमा रुकुम तिर लगाएका अबैध खेती नष्ट ,क्वारेन्टाइन व्यवस्थापन ,मजदुरकाे उद्दार,फरार अभियुक्त समाउने देखि काेराेना भाइरस बाट बच्न अपनाउनुपर्ने सावधानीका विषयमा जनचेतनामूलक कार्यक्रमहरु संचालनकाे अगुवाइ समेत गर्छन् ।


उनको एउटै भनाइ छ राष्ट्र र नागरिकको सेवा चर्चामा आउन भन्दा आफ्नो कर्तव्य र दायित्व सम्झेर गरिन्छ। जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमकाे प्रहरी नेतृत्व पनि युवा नेतृत्व भएकोले हुनुपर्छ ,प्रहरीले कुनै पनि घटनाका दाेषिहरु तत्कालै समात्न सफल भएको छ।डिएसपी ठग बहादुर केसीको नेतृत्वमा रहेको रुकुम प्रहरीले केही समय अगाडि बाट सुरु गरेकाे ,जहाँ बस्ति त्यहाँ गस्ती भन्ने कार्य हाल पनि जारि राखेको छ ।डिएसपी केसीले सुरु गरेको याे अभियान निकै प्रभावकारि देखिन्छ।प्रहरी नागरिक सँग हातेमालो पनि गर्छ,अर्को तर्फ समाजमा भएका विकृति पनि न्युनिकरण गर्न पनि सहज हुन्छ, एक प्रहरी अधिकारी भन्छन् । पछिल्लो समय रुकुम प्रहरी अबैध काराेबारहरुलाई मुख्य निशाना बनाएर अगाडि बढिरहेकाे छ ।

जनचेतनामूलक कार्यक्रममा प्रहरी निरिक्षक हरि