काठमाडौँ – विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको महामारीपछि हवाइ उडान बन्द गरेको कुवेतले अगष्ट १ बाट नेपालसहितका २० देशको अन्तर्राष्ट्रिय उडान सुचारू गर्ने निर्णय गरेको छ ।
नागरिक उड्डयन निर्देशनालयका अनुसार कुवेत अन्तर्राष्ट्रिय विमानस्थलबाट सञ्चालित एयरलाइन्सले नेपालसहित युएई, बहराइन, ओमान, लेबनान, कतार, जोर्डन, इजिप्ट, बोस्निया उडान गर्नेछन् ।
यसैगरी हर्जेगोविना, श्रीलंका, पाकिस्तान, इथियोपिया, संयुक्त अधिराज्य, टर्की, इरान, स्विजरल्याण्ड, जर्मनी, अजरबैजान, फिलिपिन्स र भारतमा उडान गर्ने कुवेतको हवाई परिवहन यातायात विभागका निर्देशक अब्दुल्लाह अल-राजीले जानकारी दिएका छन् ।
एयरलाइन्सहरुको समय तालिका र उडान समय पनि यथाशक्य छिटो घोषणा गरिने जनाइएको छ ।