काठमाडाैं-नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले आफू निकटका केन्द्रीय सदस्यको बैठक बोलाएको छ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजे बस्ने गरि केन्द्रीय सदस्यलाई मेसेज आएको पौडेलनिकट एक केन्द्रीय सदस्यले बताए।
महाधिवेशन कार्यतालिका प्रकाशित भइसकेपछि सभापति शेरबहादुर देउवाले विभाग गठन गरेकोप्रति पौडेल समूह रुष्ट छ। सभापतिको निर्णयप्रति आफ्नो समूहकाे असहमति औपचारिक रूपमा पारित गर्न पौडेल समूहले भेला बोलाएको हो।