कालिकोट – अबिरल वर्षा पछिको बाढि पहिरोले कालिकोटको नरहरीनाथ गाउँपालिकामा ठुलो जनधनको क्षति भएको छ ।
राति पहिरोले घर पुरिँदा वडा नम्बर ७ का सात जना र वडा नम्बर ४ का दुई जनाको ज्यान गएको हो ।
वडा नम्बर ७ का ६५ वर्षीय गंगे बुढाको घर पुरिँदा उनीसहित ६३ वर्षीया श्रीमती नैना, २३ वर्षीया बुहारी कुशा, १९ वर्षीया छोरी विमला, १० वर्षीया नातिनी चना, आठ वर्षीय नाति रामबहादुर र ६ वर्षका चरित्र बुढाको ज्यान गएको गाउँपालिकाका अध्यक्ष धीरबहादुर विष्टले जानकारी दिए ।
यस्तै वडा नम्बर ४ का ६५ वर्षीय बाले बुढाको घर पुरिँदा उनी र उनकाे ६५ वर्षीया श्रीमती मनाको ज्यान गएको छ।
गाउँपालिकाका अरु ठाउँमा पनि पहिरो खसेको र उद्धारको काम पनि भइरहेको अध्यक्ष ले बताए ।