April 19, 2021, Monday
२०७८ बैशाख ६

स्याङ्जामा प्राकृतिक प्रकोपबाट मृत्युभएका परिवारलाई रु एक लाख सहयोग

155

स्याङ्जा- गल्याङ नगरपालिकाले प्राकृतिक प्रकोपबाट मृत्युभएकाका परिवारलाई रु एक लाख सहयोग गर्ने भएको छ । नगर कार्यपालिकाले प्राकृतिक विपत्तिमा परी मृत्यु भएमा मृतकका परिवारलाई रु एक लाख राहतस्वरुप दिने निर्णय गरेको हो ।

प्राकृतिक प्रकोपका कारण नगरवासी घाइते भएमा उपचारका क्रममा खर्च भएको बिलका आधारमा रु २५ हजारसम्म राहतस्वरुप सहयोग गर्ने निर्णयसमेत गरिएको नगरपालिकाले जनाएको छ ।

केही दिनदेखि परेको लगातारको बर्सात्का कारण नगरपालिका भित्रका केही स्थानमा मानवीय तथा भौतिक क्षति भएकाले यो निर्णय गरिएको नगरप्रमुख भुपराज अधिकारीले बताए ।