October 17, 2021, Sunday
२०७८ आश्विन ३१

देशभरका होटल आजदेखि सञ्चालन

312

काठमाडौँ  – चार महिना लामो बन्दाबन्दीपछि बिहीबारदेखि देशभरका होटल सञ्चालनमा आउँदैछन् ।

कोभिड–१९ सङ्क्रमणका कारण जारी बन्दाबन्दीबाट निकै प्रभावित बनेका होटल सुरक्षा मापदण्ड अपनाएर सञ्चालन हुन लागेका हुन् । सरकारले साउन १५ गतेदेखि होटल तथा रेस्टुरेन्ट सञ्चालनको अनुमति दिएपछि नेपालको होटल खुला छ भन्ने सन्देश दिने उद्देश्यसहित होटल सञ्चालन हुन लागेको होटल एसोसिएसन अफ नेपालका प्रथम उपाध्यक्ष विनायक शाहले जानकारी दिए । 

बिहीबारदेखि होटल तथा रेस्टुरेन्ट सञ्चालन हुने भए पनि तारे होटलले भने १० प्रतिशत मात्र सेवा सञ्चालन गर्ने भएका छन् ।