May 18, 2021, Tuesday
२०७८ जेष्ठ ४

कालिकोटमा पहिरोमा परी २ बालिकाको मृत्यु

187

काठमाण्डौ – कालिकोटको महावै गाउँपालिका ७ कोटवाडामा पहिरोमा परेर २ जना बालबालिकाको ज्यान गएको छ । यस्तै पहिरोका कारण ४ जना सामान्य घाइते भएका छन्  ।

स्थानीय तुल महताराको घर नजिकै ६ जना बालबालिका खेलिरहेको बेला ठूलो ढुङगा सहितको पहिरो खस्दा १२ वर्षका गणेश महतारा र ८ वर्षकी भावना भण्डारीको ज्यान गएको  कालिकोटका प्रहरी नायब उपरीक्षक स्यामबाबु ओलीयाले बताउनुभयो ।