October 22, 2020, Thursday
२०७७ कार्तिक ६

सन्दीप लामिछाने सीपीएल खेल्न आज ट्रिनिडाड​ जाँदै

237

काठमाण्डाै – नेपाली खेलाडी सन्दीप लामिछाने क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्न आज ट्रिनिडाड​ जाँदैछन् ।

कोरोनाका कारण अन्तर्राष्ट्रिय हवाई उडान शुरु नभए पनि उनी चार्टड उडानमार्फत त्यसतर्फ जान लागेका हुन् । उनी आज दक्षिण कोरिया हुँदै अमेरिकाबाट सेन्ट लुसिया पुग्नेछन् । त्यसपछि उनलाई उनको टिमले चार्टड विमानबाट अरु खेलाडीसँगै ट्रिनिडाड लग्नेछ ।

अन्तर्राष्ट्रिय उडान नभइरहेका बेला सरकारसँग आग्रह गरेपछि सरकारले सहजिकरण गरेको हो ।  सन्दीप बिहीबार बिहान साढे १० मा नेपालबाट हुने चार्टड उडानबाट जाने तय भएको बताइएको छ ।

सीपीएल आयोजक र टिम जमैका तलवाहले अगष्ट एक तारिखसम्म ट्रिनाड पुग्न भनेको थियो । यो बीचमा अन्तर्राष्ट्रिय उडानका कारण उनको यात्रा अनिश्चित जस्तै भएको थियो । तर, अन्तिम समयमा दौडधुप गरेपछि सन्दीप जाने समय र फ्लाइट पक्का भएको हो । सन्दीपले सिपीएल खेल्न जानका लागि मंगलबार गरेको कोरोना परिक्षण नेगेटिभ आएको छ ।

सीपीएल आयोजकले प्रतियोगिता खेल्न आउनु अघि आफ्नो देशमा पीसीआर परीक्षण गरेको रिपोर्ट लिएर आउन पनि भनेको थियो ।
उनी बिहीबार काठमाण्डौबाट उडे पनि आइतबार वेष्ट इन्डिज पुग्नेछन् ।

Recent Update