May 15, 2021, Saturday
२०७८ जेष्ठ २

मास्क नलगाई हिडेकालाई जाजरकोटमा जरिवाना

251

काेराेना भाइरस बाट बच्न गृहमन्त्रालयले मास्क लगाएर मात्रै बाहिर निस्कन देशभर नागरिकलाई आह्वान गरेको छ ।यस्तो अनुगमन नेपाल प्रहरीले गर्दै आएको छ ।यसै क्रममा मास्क नलगाई बाहिर निस्केका ६ जना महिला र २३ जना पुरुषलाई जाजरकोट प्रहरीले जरिवाना गरेको छ ।एक सय रुपैया जरिवाना गरि एउटा मास्क वितरण गरेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका सुचना अधिकारी यम बहादुर मल्लले जानकारी दिए ।

एक हजार जनालाई सम्झाइ बुझाइ पठाएको पनि मल्लले जानकारी दिए ।सबैलाई मास्ककाे प्रयोग गर्न पनि प्रहरीले अनुरोध गरेको छ ।