March 1, 2021, Monday
२०७७ फाल्गुन १७

डिएसपी अंगुर जिसी सहितका प्रहरीले कञ्चनपुरकाे बिषयमा सफाइ पाए

263

डिएसपी अंगुर जिसी

कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्का र पछि ह त्याको घटनाको प्रमाण लोप गरेको आरोप लागेका प्रहरी अधिकारीले सफाइ पाएका छन् ।तत्कालिन कञ्चनपुरका प्रहरी प्रमुख एसपी डिल्लीराज विष्टसहित र सिआइबिका डिएसपी अंगुर जिसि लगाएत ८ जना प्रहरी विरुद्ध दर्ता भएको सार्वजनिक न्यायविरुद्धको कसूर र यातनासम्बन्धी कसूरमा उनीहरुले जिल्ला अदालत कञ्चनपुरबाट सफाइ पाएका हुन् ।

कञ्चनपुर जिल्ला अदालतका श्रेस्तेदार यदुनाथ शर्माले जिल्ला न्यायाधीश गोपालप्रसाद वास्तोलाको इजलासले दुबै मुद्धामा प्रहरी अधिकारीलाई सफाइ दिइएकाे हाे ।उनीहरुविरुद्ध निर्मला पन्तको बलात्कारपछि हत्या भएको प्रमाण नष्ट गरेको र हिरासतमा रहेकालाई यातना दिएको भनी मुद्धा परेको थियो ।मुद्धा लागेपछि निलम्बित प्रहरीलाई काममा फर्किन बाटो खुलेको छ । तर एसपी विष्‍ट भने बर्खास्तीमा परेका थिए ।