October 20, 2020, Tuesday
२०७७ कार्तिक ४

मलेसियामा अलपत्र मजदुरलाई उद्दार गर्न दुताबासले थाल्यो प्रक्रिया

2.3K

मलेसिया स्थित नेपाली दुताबासले निकालेको विज्ञप्ती

कम्पनी सगकाे सम्झौता सकिएर घर जाने तयारीमा अलपत्र परेका नेपाली मजदुरलाई उद्दार गर्न मलेसिया स्थित नेपाली दुताबासले प्रक्रिया थालेको छ । मलेसिया र नेपालमा काेराेना भाइरसका कारण देश लगडाउन भै विमानस्थल समेत बन्द भएपछि करिब तीन हजार पाँच सय हाराहारीमा नेपाली मजदुरहरू मलेसियामा अलपत्र छन ।उनिहरुकाे कम्पनी सगंकाे निश्चित सम्झौता सकिएपछि भिषा अवधि पनि समाप्त भएको छ ।

यस्तो अवस्था लाइ मध्यनजर गर्दै केही दिन अगाडि हाम्रा खबरले समाचार प्रकाशित गरेको थियो ।उक्त समाचारमा मजदुरहरुले नेपाली दुताबास नेपालीको समस्या प्रति गम्भीर नभएको आराेप लगाएका थिए । पटक पटक आफ्नो समस्या राख्दा दुताबासले वास्ता नगरेकाे आराेप समेत थियोे ।

मंगलबार एक विज्ञप्ति जारि गर्दै दुताबासले १८ मार्च पश्चात नेपाल फिर्ता हुने हवाई टिकट रद्द भएका र भिसा अवधि समाप्त हुने नेपाली नागरिकले दुताबासमा सम्पर्क गर्न भनेको छ ।आफ्नो ब्यक्तिगत विवरण र आवश्यक कागजात आउदो अप्रिल २ तारिख १ बजे सम्म जानकारी गराउन विज्ञप्तिमा भनिएको छ ।साथै अनलाइन मार्फत पनि आफ्नो विवरण भर्न सकिने सुविधा रहेको दुताबासले जनाएको छ ।

अनलाइन भर्न असमर्थले ६०१६२४७२७७७ whatsapp नम्बर मार्फत अग्रेजी टाइप गरि नाम,राहदानी नम्बर ,माेवाइल नम्बर ,मलेसिया भिषाकाे प्रकार,मलेसियामा कार्यरत भए कम्पनीको नाम ठेगाना पठाउन भनिएको छ ।स्राेतका अनुसार याे विवरण प्राप्त पछि अलपत्र परेकाहरुकाे सरकारले उद्दार गर्ने छ ।

Recent Update