January 20, 2021, Wednesday
२०७७ माघ ७

थप एक सँगै पर्सामा साउनमा मात्रै कोरोना बाट मृत्यु हुनेको संख्या ९ पुग्यो

149

कोरोना संक्रमणबाट वीरगञ्जमा अर्का एक व्यक्तिको मृत्यु भएको छ । जगदम्बा इन्टर प्राइजेजका प्रमुख कार्यकारी अधिकृत ५६ वर्षीय पुरुषको मृत्यु भएको हो ।वीरगञ्ज–११ श्रीपुर बस्ने भारत घर भएका उनको गएराति निधन भएको नारायणी अस्पतालले जानकारी दिएको छ ।

मृतक मुटुको रोगी भएको खुलेको छ । बिहीबार मात्रै पर्सामा कोरोना संक्रमणका कारण दुई जनाको मृत्यु भएको थियो । यो सँगै पर्सामा साउन महिनामा मात्रै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ पुगेको छ ।