October 29, 2020, Thursday
२०७७ कार्तिक १३

वीरगन्जका मेयरलाई कोरोना संक्रमण पुष्टि

183

वीरगन्ज – वीरगन्जका मेयर विजयकुमार सरावगी कोरोनाभाइरस (कोभिड १९) संक्रमित पाइएका छन् । उनलाई काठमाडौंमा बिहीबार कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य परीक्षणका लागि काठमाडौं आएका सरावगीको काठमाडौंमा नै कोरोनाभाइरस परीक्षण गरिएको थियो । परीक्षण रिपोर्ट पोजेटिभ आएको स्वयं सरावगीले फेसबुक स्टाटसमा लेखेका छन् ।

‘वीरगन्जमा कोरोनाभाइरस संक्रमण अब समुदाय स्तरमा फैलिइसकेको छ,’ उनले फेसबुकमा लेखेका छन्, ‘तपाईंहरुको सेवामा लाग्दालाग्दै म स्वयं कोरोनाभाइरस संक्रमणको चपेटामा परेको छु ।’

Recent Update