April 11, 2021, Sunday
२०७७ चैत्र २९

सेती प्रादेशिक अस्पतालमा थप २६ जनामा कोरोना पुष्टि

122

काठमाडौं– सेती प्रादेशिक अस्पतालमा थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  अस्पतालले एक विज्ञप्तिमार्फत थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको हो ।

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा २७१ जनाको कोरोना परीक्षण गरिएको थियो । नयाँ थपिएका संक्रमित मध्ये ९ जना महिला र १७ जना पुरुष रहेका छन ।