October 21, 2020, Wednesday
२०७७ कार्तिक ५

भदौबाट विद्यालय सञ्चालनका लागि गृहकार्य गर्दै मन्त्रालय

492

काठमाडौँ — शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ४ महिनादेखिको लकडाउनका कारण बन्द भएका विद्यालयहरु भदौबाट खोल्नका निम्ति सरोकार निकायसँग छलफल थालेको छ ।

कोभिड–१९ फैलिन नदिन भएको लकडाउनले वैशाखबाट सुरु हुनुपर्ने शैक्षिक सत्रको हालसम्म सुरु भएको छैन । सरकारले विद्यालयमा रहेका क्वारेन्टाइन र आइसोलेसन सेन्टर हटाउने, भदौ १ गतेबाट विद्यालय खोल्ने लगायत निर्णय गरेपछि मन्त्रालय गृहकार्य थालेको हो ।

मन्त्रालयले गठन गरेको शैक्षिक सत्र २०७७ क्यालेन्डर व्यवस्थापन कार्यदलले शुक्रबार शिक्षक महासंघ, प्याब्सन, नेसनल प्याब्सन, अभिभावक महासंघ, राष्ट्रिय परीक्षा बोर्ड, पाठ्यक्रम विकास केन्द्रका प्रतिनिधिलाई निमन्त्रणा गरी परामर्श लिएको हो । विद्यालय खोल्ने, विद्यार्थी भर्ना गर्ने, पठनपाठन गर्नेबारेमा प्रारम्भिक छलफल भएको जनाइएको छ ।

Recent Update