April 17, 2021, Saturday
२०७८ बैशाख ४

सवारीसाधन जरिवाना बाट जाजरकोटमा १८ लाख ६९ हजार संकलन

336

जिल्ला ट्राफिक कार्यालय जाजरकोटले आर्थिक बर्ष २०७६ र ०७७ मा सवारी साधन जरिवाना बाट १८ लाख ६९ हजार रकम राजस्व संकलन गरेको छ ।उक्त अबधिमा चार सय बस,३ सय २ ट्रक ५ सय जिपकार, ६ सय , माेटरसाइकल र तीन सय ट्याक्टरलाई जरिवाना गरिएको थियो ।
जिल्ला ट्राफिक कार्यालय जाजरकोटका कार्यालय प्रमुख प्रहरी सहायक निरिक्षक जगदीश कुमार यरिका अनुसार नियम उलंघन गर्ने यात्रुबाहक बस बाट,३ लाख ५० हजार ,ट्रक बाट ३ लाख ,जिपकार बाट ४ लाख ,माेटरसाइकल बाट ६ लाख र ट्याक्टर बाट २ लाख १९ हजार राजस्व संकलन गरिएको हाे ।

जाजरकोट जिल्लामा सवारी चालक अनुमतिप्रत्र बिना सवारी साधन चलाउन निरुत्साहित गर्न कडाइका साथ चेकजाँच भइरहेको कार्यालय प्रमुख यरि जानकारी दिएका छन ।ट्राफिक नियम उलंघन गर्ने सवारीसाधन लाई कार्वाही प्रक्रिया निरन्तर भैरहेको पनि ट्राफिक कार्यालयले जनाएको छ ।