October 20, 2020, Tuesday
२०७७ कार्तिक ४

अमेरिकामा बन्दै गरेको कोरोना भ्याक्सिन तथ्यांक चोर्न चीन द्वारा ह्याकर परिचालन

447

साँकेतिक तस्बिर

अमेरिकामा बनाइरहेको कोरोनाबिरुद्धका भ्याक्सिनका तथ्यांक चोर्न चाइनिज सरकारबाट ह्याकर प्रयोग गरिएको खुलासा रोयटर्सले गरेको छ । चाइनिज ह्याकको ट्रयाक गरिरहेका अमेरिकी सुरक्षा अधिकारीका अनुसार अमेरिकामा भ्याक्सिन निर्माण गरिरहेको कम्पनी मोडेर्नाका डाटाहरु चोर्न चाइनिज ह्याकरले प्रयास गरिरहेको र चाइनिज सरकारले सघाएको जनाइएको छ ।

चाइनिज सरकारले भने मोडेर्नाको तथ्यांक ह्याक गर्न प्रयास गर्ने ह्याकरहरुलाई आफूले कुनै सहयोग नगरेको दावी गरेको छ । मोडेर्नाले अमेरिकामा कोरोनाबिरुद्धको भ्याक्सिनको विश्वकै सबैभन्दा ठूलो क्लीनिकल ट्रायल सुरु गरिसकेको छ ।गतसातामात्र अमेरिकाको डिपार्टमेन्ट अफ जस्टिसले अमेरिकाको जासुसी गरेको अभियोगमा मुद्दा दायर गरेको थियो । उनीहरुले अमेरिकामा कोरोनाबिरुद्धको लडाईमा मेडिकल रिसर्च गरिरहेका तीनवटा कम्पनीलाई निशाना बनाएको अभियोग लगाइएको छ ।

अमेरिकी सरकारले ह्याकरको निशानामा रहेका अन्य कम्पनीको नाम भने सार्वजनिक गरेको छैन । यद्यपी सबैभन्दा छिटो भ्याक्सिनका डोजहरु सर्वसाधारणका लागि उपलब्ध गराउने अपेक्षा गरिएको मोडेर्ना नै ह्याकहरुको मुख्य निशाना रहेको जनाइएको छ ।मोडेर्नालाई भ्याक्सिन उत्पादनका लागि अमेरिकी सरकारले झण्डै ५ सय मिलियन सहयोग गरिसकेको छ । मोडेर्नाले गत सोमबारदेखि अमेरिकामा झण्डै ३० हजारलाई भ्याक्सिनको परीक्षण सुरु गरिसकेको छ ।

अमेरिकाले दुईजना चाइनिज ह्याकरहरु लि शियायु र दोङ जियाझीले एकदशकदेखि ह्याकरका रुपमा काम गर्दै आएको र हालै कोभिड १९ सँग सम्बन्धित शोधलाई निशाना बनाएको आरोप लगाएको छ । उनीहरुले चीनको सरकारी खुफिया एजेन्सीका लागि ठेकेदारका रुपमा काम गरिरहेको अमेरिकी अभियोजनकर्ताहरुले आरोप लगाएका छन् ।

Recent Update