October 21, 2020, Wednesday
२०७७ कार्तिक ५

गुल्मीमा घरमाथीकाे ढुंगा पल्टिँदा चार जनाकाे निधन

606

गुल्मी रूरूक्षेत्र गाउँपालिका ५ बम्घा आटीपाटा (उल्लीखोला) मा घर माथिको ढुङ्गा खसेर घर भत्काउदा एकै परिवारका चार जनाकाे ज्यान गएकाे छ । शुक्रबार साँझ करिब ८ बजेकाे समयमा भएको उक्त घटनामा परेर राजु माझिकाे श्रीमती बिना माझी,उनका दुई छोरा र एक छोरीको निधन भएको गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी भरत कुमार शर्माले जानकारी दिए ।

घटना लगत्तै प्रहरी टाेलि परिचालन गरि उद्दार कार्य जारि रहेको पनि प्रमुख जिल्ला अधिकारी शर्माले जानकारी दिए ।बिनाका​ श्रीमान राजु बाेटे (माझी ) भने रोजगारीको सिलसिलामा भारतमा रहेका छन ।

Recent Update