काठमाडाें– नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुस्लिम धर्मालम्बीहरुको महान चाड इद उल अजहा (बकर ईद) को अवसरमा शुभकामना दिएका छन् । नेपाल बहुभाषिक बहुसंस्कृतिक र विभिन्न समुदायको साझा भूमि हो । देशमा यही विविधता भित्रको एकता नै नेपाल र नेपाली जनताको पहिचान र विशेषता भएको शुभकामना सन्देशमा उल्लेख गरेका छन् । ‘नेपाली जनताको राजनीतिक सामाजिक र सांस्कृतिक अधिकारको प्रत्याभुति गर्न वर्तमान संविधानले सबै धर्मको उत्तिकै सम्मान गरेको छ,’ शुभकामना सन्देशमा भनिएको छ, ‘धार्मिक सहिष्णुताको चेतनाका लागि नेपाली समाज एक उदाहरणीय समाजको रुपमा गनिन्छ ।’
पूर्व प्रधानमन्त्री समेत रहेको नेकपा अध्यक्ष प्रचण्डले पुरानो सोच संरचना र मूल्य र मान्यतालाई व्यवहारत विस्थापित गरि नयाँ सोच, मुल्य मान्यता र सांस्कृतिक अघि बढाउने चुनौती रहेको समेत बताएका छन् ।