December 6, 2021, Monday
२०७८ मंसिर २०

मैले बिताएका साइप्रसका चार बर्ष ……..

980

सरस्वती खनाल तिमल्सिना

राेजगारीकाे लागि साइप्रस प्रवेश गरेको पनि गएको मार्च महिनामा चार बर्ष पुरा भएछ ।आफ्नो देश छाडनु हामी नेपालीकाे लागि कतिका सुनाैला सपना ,कतिका नयाँ याेजना,तथा धेरैका बाध्यताहरु हुन सक्छन् ।यी मध्ये कुनै एक परिधिभित्र रहेर जन्मभूमि छाडनु पक्कै रहर थिएन ।राेजगारीकाे लागि अझ महिलाहरूको लागि आकर्षक गन्तव्यकाे रुपमा रहेको साइप्रस प्रवेश गर्दै गर्दा एक्लाे महशुस भएपनि दिनहरू कालान्तरमा त्यस्ता रहेनन् ।नेपाली समुदाय सँगकाे घुलमिल ,नेपाली दाजुभाइ दिदिबहिनीहरु सँगकाे आत्मियता साच्चिकै घरको माया भुलाउने ।

सानै देखि मेरो परिवार बिषेश गरि बाबा समाजसेवामा सकृय भएको कारणले हाेला समाजसेवामा लाग्न मेराे पनि इच्छाशक्ति बलियो छ ।यहीँ इच्छाशक्तिलाई मैले साइप्रसमा नेपाली समुदाय समक्ष रुपान्तरण गर्दै आएको छु ।यहाँ नेपाली दाजुभाई तथा दिदिबहिनीहरुलाई बेला बेला समस्या परिरहेकाे हुन्छ ।यस्तो बेला व्यक्तिगत तथा संस्थागत रुपमा आफ्नो क्षमताले भ्याए सम्म सहयोग गर्ने म सधैं आफ्नो दायित्व र जिम्मेवारी सम्झन्छु ।यहाँका थुप्रै सामाजिक संघसंस्थामा विभिन्न काेण बाट आबद्ध छु ।तर पदमा बसे पनि नबसेपनि समाजसेवी भाव मेरो राेकिदैन ।

काम नपाएर अलपत्र परेका विद्यार्थी तथा कामदार भिसामा आउनेहरुलाई कामको खोजी गर्ने, काम नपाउदा सम्मका लागि अस्थायी बसोवासका लागि आवश्यक सहयोग गरि उद्धार गर्नुका साथै तिनीहरुमा आउने कानुनी जटिलताका लागि समेत सहयोग गर्ने, यसका अतिरिक्त नयाँ भिसामा साइप्रस आएका कामदारलाई भाषाको कारणले रोजगारदाता र कामदार बीच हुने फरक बुझाइका कारणले अप्ठ्यारोमा परेका दुबैपक्षलाई भाषागत सहजिकरण गर्ने काममा नै विते चार बर्षहरु ।

विदेशी भुमिको कठोर संघर्षको व्यवस्ताकने बिच पनि समाज सेवा गर्नु आफैमा निकै कठिन र चुनौतिपुर्ण बिषय रहेछ । त्यसमा पनि महिला भएका कारण आउने थप समस्या त छदै छन यस्ता कैयौँ जटिलताका विचमा पनि आफ्नो सानै देखिको समाजसेवामा भएको रुचीले सधै उत्साहि भएर काममा लाग्न उनलाई उत्प्रेरित गरिरहेको छ ।
धेरैजसो अध्ययनका लागि विदेशमा गएका नेपाली विद्यार्थीहरु अध्ययन बाहेक अतिरिक्त समयमा काम गरेर आफ्नो अध्ययनसंगै बाँकि रहेको पैसा घरमा पठाउनु नै हो । यसो त साइप्रसमा पनि यस्ता विद्यार्थीहरु धेरै छन । आफ्नो कठोर संघर्षमा विद्यार्थी जीवन पुरा गदै गरेका अधिकाशंहरुका लागि विश्व ब्यापी फैलिएको कोरोनाको संकट पछिको जीवनशैली निकै कठिन र दैनिक गुजराका लागि समेत चुनौतिपुर्ण बनेको छ । यि नै चुनौति र समस्या भोगिरहेकाहरुका लागि आफ्नो तर्फबाट गर्ने सहयोगमा कहिले पनि कन्जुस्याइँ गरिएन ।

बिश्व ब्यापि फैलिएको कोरोना भाइरसले संसारका सबै जसो देशमा यसको प्रभाव संगै लगडाउन भएका छन । लगडाउन सँगै बन्द भएका होटेल, रेस्टुरेन्ट, सुपरमाकेट, डान्स बार,नाइट क्लब, टुरिजम ट्राभल्स, औद्योगिक क्षेत्र, कलकारखाना लगाएतका सबै ब्यावसायीक निकायहरुमा कार्यरत कामदारहरु निकै मर्कामा परे । यसको सबै भन्दा बढि प्रभाव साइप्रसमा रहेका नेपाली विद्यार्थीहरुमा छ ।काम गर्ने क्रममा कहिलेकाही आउने जटिलता ,निहित स्वार्थका लागि कसैले म प्रति गर्ने आलोचनाहरु मेरो समाज सेवाका थप उर्जा बनेका छन ।कहिले पनि यात्रामा हतास र आवेगमा नआएर अगाडि बढिरहने दृढ संकल्प म सँग छ ।यहाँसम्मकाे बसाइँमा सहयोग गर्ने सबै प्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि साेहि अपेक्षा गर्दछु ।

(लेखक ,नेपाली जनसम्पर्क समिति साइप्रसकी महामन्त्री तथा एनआरएनए लगाएत दर्जनौं सामाजिक संघसंस्थामा आबद्ध छिन ।)