काठमाडौँ – सिन्धुपाल्चोकको मेलम्ची–११ मा गएराति पहिरोमा परी वेपत्ता भएकाहरूको पहिचान खुलेको छ ।
वेपत्ता हुनेमा पर्सास्थित वीरगञ्जका प्रदिप चौरासिया, विक्रम थिङ, मानवबहादुर रूम्बा, राजेन्द्र चौरासिया, सोनाम लामा, शिव बालक, सिमन घलान र भारतीय नागरिक राजेन्द्र चौधरी छन् ।
वेपत्ताको खोजीमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय परिचालित भएका छन् ।