January 20, 2021, Wednesday
२०७७ माघ ७

सवारी दुर्घटना न्युनिकरण गर्नु सबैको दायित्व

324

विश्वको सडक दुर्घटनाको तथ्यांक हेर्दा हरेक वर्ष विश्वमा धेरै मानिसले सडक दुर्घटनामा ज्यान गुमाउने गर्छन् । दिनप्रतिदिन बढ्दै गएको सवारी दुर्घटना नेपालको लागि समस्या बनेको छ । विशेष गरी चाडपर्व नजिकिदै गर्दा दुर्घटनाका समाचारहरु पनि बढ्ने गर्छन् । दुर्घटनामा चालक, पैदलयात्रु, सडकको अबस्था, वातावरण जस्ता कुराहरुले प्रत्यक्ष असर गरिरहेको हुन्छ । ट्राफिक प्रहरीको एकल प्रयासले मात्र दुर्घटना न्युनिकरण हुन् सक्दैन,यस संग सम्बन्धित सबै निकायको ध्यान जान जरुरी छ ।

हामी गन्तब्यमा जानको लागि घरबाट निस्कन्छाै सार्वजनिक बस चढन बसपार्क सम्म जान सार्है अप्ठ्यारो मान्छौ,आफ्नै गतिमा आइरहेको सवारी साधनलाई हतार हतारमा सडकको छेउ बाटै हात दिन्छौं, तर भनेको बेला र चालकले चाहेर पनि ब्रेक नलाग्न पनि सक्छ, सवारी साधन रोकिन सकेको हुदैन हामी हतार हतारमा चढछौं तर हामी ख्याल राख्दैनौ कि आफ्नो अमुल्य जीवनको,बिडम्बना हतारको चढाइले जीवन समाप्त त हुने होइन? सवारी साधनको क्षमता कति हो? चालकको गतिको बारेमा ,सवारी साधनको अवस्थाको बारेमा?

कहिले काहिँ अति तनाब र खुसीमा पनि हामिले सवारी साधन चलाउछौं,सिट प्याक भए पनिल अझै यात्रु कोच्ने , त्यतीले पनि पुग्दैन , छतमा पनि राख्छौं,त्यती मात्रै कहाँ हो र ब्यापारीक प्रयोजनका सामानहरु छतभरी राख्छौं ,प्रतिष्पर्धा गर्छौ,झगडा गर्छौं,यात्रुहरु तानातान गर्छौ, यात्रु सँग बोल्ने ब्यवहार रुखो गर्छौं,महिला ,बृद्वबृद्वा,अपांग आदिको आरक्षण सिटको बारेमा मौन बस्छौं, जसरी भए पनि पेलेरै जाग्छौं, अगाडीको गाडी एकछिन रोकियो भने हर्न बजाएर हैरान गर्छौं, अनि ओभरटेक गर्न बिचमै गाडी कोच्छौं एक छिन धैर्य गर्न सक्दैनौ, अनि दुर्घटना भैहाल्यो भने मेरो गल्ती कसैले भन्दैनौ र बिवादमा जान्छौ ।
घर जाने ,स्कुल जाने ,बजार जाने ,पानि भर्न जाने घाँस काट्न मेला पात गर्न जाने सडक वा बाटो त्यहि हो हामिले चढ्ने सवारी साधन गुडाउने सडक पनि त्यहि हो तर सडकको ब्यवस्थापनको बारेमा कहिले सोच्दैनौ,बिच सडकमै ढुङगा हुन्छन,फोहर उठाएर सडकमै फाल्छौ, टायरहरु बाल्छौं,बन्द गर्छौं अनि राम्रो चिल्लो सडक पनि हामिलाई चाहिन्छ ।
साना – साना बच्चाहरु सडक बाटै स्कुल पठाउछौ तर सडक कसरी पार गर्ने कसरी हिड्ने हामी सिकाउदैनौ त्यतिकै सडकमा नै छोडेर फर्कीन्छौ तर बालक स्कुल पुग्छ की पुग्दैन र घर फर्किन्छ कि फर्किदैन भन्न सकीदैन ।ट्राफिक ब्यवस्थापन गर्न मुख्य तिन कुरामा जोड दिइन्छ

१. बाटोको बैज्ञानिक रेखाङ्कन

२.कानुनको कडा कार्यान्वयन्
३. सडक सचेतना ।
मुख्य बिषय भनेको सडक सुरक्षा सम्बन्धि जनचेतना जगाउने कार्य गर्नु , यसमा कसैको मुख ताक्नु पर्दैन, तर चेतना भएर पनि पालना नगर्नु हाम्रो कमजोरि हो । अहिलेको मुख्य समस्या भनेको हो, एक- एक व्यक्ति बाट निर्मित समाज पनि एक- एक जनाबाटै सुधार हुनु पर्दछ । त्यसैले सडक नियमको पूर्ण पालनाका हामी सबैले गर्न जरुरी छ । आफ्नो कारणले अरुलाई समस्या हुनु हुदैन भन्ने बुझ्नु जरुरी छ । प्रहरी देख्दा मात्र सडक नियम मान्ने प्रवृत्ति हटाउनु पर्छ । दुर्घटना जँहा पनि हुनसक्छ , कामना गरौं बिना कारण कसैको ओठमा मुस्कान नहराउन,खुसी नलुटिउन्,अभिभावकहरुकाे सपना अन्धकारमा परिणत नहोस , माथी उल्लेखित सबै कार्य गर्न कसैले कसैको मुख ताक्नु पर्दैन,समय कुर्नु र लगानी गर्नु पर्दैन । अकालमै ज्यान गुमाउनु पर्दैन,अपांग भएर बस्नु पर्दैन, त्यसैले सबैले सवारी नियमको पूर्ण पालना गरी अरुलाई बचाउ आफु पनि बाच्चाैँ ।

जगदीश ऐर प्रहरी सहायक निरिक्षक जिल्ला ट्राफिक कार्यालय जाजरकोट