October 29, 2020, Thursday
२०७७ कार्तिक १३

घरका तिनै जना अशक्त ,भएको टहराे पहिरोले भत्काएपछि बिचल्ली

615

अर्कालाई दिएको छाेरीलाई सधैं रेखदेख गरिरहन पनि नसकिने रहेछ ,फेरि उसलाई परेको दुख पनि हेरर बस्न मनले कहाँ मान्दाे रहेछ र ? भेटघाटकाे सुरुमा गणेश फुयाल छाेरीकाे पीडा हामीलाई यसरी सुनाउन सुरु गरे ।युवा अपांग संगठन नेपालका अध्यक्ष प्रकाश श्रेष्ठकाे अनुरोधमा रिपोर्टिङकाे लागि हाम्रो टाेली काठमाडौकाे कागेश्वरि मनहाेरा नगरपालिका ६ मा पुग्दा आफ्नो जेठि छाेरीकाे पीडा सुनाउन हाम्रो प्रतिक्षामा ५५ बर्षिया गणेश फुयाल चाेकमै आएर बसेका रहेछन। एउटा घरमा तिनै जना अपांग ,अत्यन्तै गरिव अवस्थाका,भएको सानाे झुपडी पनि पहिरोले साउन पाँच गते पुरिदिएपछि बेसारा बनेको खबर प्राप्त पछि हामी त्यहाँ पुगेका थियौं ।

हामीलाई सबै कुराकाे सहजिकरण युवा अपांग संगठन नेपालका अध्यक्ष प्रकाशले गरिरहेका थिए ।३५ बर्षका दिपक कार्की,उनकी श्रीमती शाेभा फुयाल र छाेरा २ बर्षका स्वर्णिम कार्की जाे गणेश फुयालका छाेरी ज्वाइँ र नाती ।तिनै जना विभिन्न कारणले अपांग उनको रेखदेख गणेशकाे जिम्मा रहेछ ।पहिरोले टहरा पुरिदिएपछि बुवा गणेशले अर्को ठाउँमा महिनाको २० हजार तिर्ने सर्तमा अस्थायी टहरा निर्माण गरि छाेरि ज्वाइँ र नातिको बाँस व्यवस्था गरिदिएका रहेछन ।चाेक बाट गणेशले हामीलाई त्यहि अस्थायी टहरा तर्फ अगाडि बढाए ।खेतका आलि टेकेर चिप्लो बाटो हुदै हामी उनका अपांग छाेरि ज्वाइँ र नातिलाई भेट्न टहरामा पुग्यौं । चिसो अस्थायी बसाेबासकाे लागि बनाइएको उक्त टहरामा कष्टकर जीवन विताइरहेका परिवारकाे टहरामा पुग्दा छाेरी सुस्मा काखमा छाेरालाई राखेर जाउलाे चम्चाले खुवाउदै थिइन ।२ बर्षकाे छाेरा टुलुटुलु हेर्दै थिए ।

शुस्माकाे दुवै हातले राम्रोसँग काम नगर्ने रे ।ती हातले जन्मजात काम गर्दै नगरेको बुवा गणेशले बताए ।शुस्माकाे छाेराका २ वटै खुट्टा नलाग्ने लुलाे र बाेलि पनि नफुरेकाे कारणले छाेराकाे भविष्य प्रति निकै चिन्ता भएको शुस्माले बताइन ।दुवै खुट्टा लुलाे छ,अस्पताल पनि देखाइयो थप उपचार गर्ने हामी सँग पैसा छैन उनलेे भनिन् ।शुस्माका श्रीमान पनि उक्त दिन विहानै बाहिर निस्के छन ।उनलाई पनि गाडीले हानेर जिन्दगीभर अपांग भएका छन ।उनलेे सबै काम गर्न नसक्ने उनिहरु बताइरहेका थिए । छाेरी ज्वाइँ पहिरो बाट विस्थापित भएपछि गणेशले प्रदेश ३ का एकजना माननीयलाई समेत फाेन गरेको बताए ।माननीय ज्युले केही हुनेछ भन्ने आश्वासन दिनु भएको छ उनलेे भने ।घरमा तीन परिवार अपांग ,घरबार बिहिन हुदा याे परिवार बिचल्लीमा छ ।

उक्त क्षेत्रमा युवा अपांग संगठन नेपालका प्रकाशकाे साथ

उक्त क्षेत्रका यस्तै दिन दुखि अपांगहरुलाई केही दिन अगाडि मात्रै युवा अपांग संगठन नेपालका अध्यक्ष प्रकाश श्रेष्ठले खाद्यान्न सहयोग गरेर धेरै गुण लगाएका रहेछन् ।श्रेष्ठ पनि आफैमा अपांग हुन ।केही बर्ष यता उनलेे संस्था स्थापना गरि यस्तै दिनदुखीहरुकाे सहयोग गर्दै आएका छन ।हामी श्रीमान श्रीमती दुवै अपांग हाै ,सक्दो समाजसेवा गरिरहेका छाै श्रेष्ठले भने । हाम्रो संस्थालाई खासै कसैले सहयोग गरेको छैन ,हामी आफैंले स्रोत जुटाउछाै,स्थानीय तह बाट लक्षित बर्गकाे कार्यक्रम बाट भएको साझेदारी कार्यक्रम बाट राहत भएको श्रेष्ठ बताउछन ।स्थानीय तहमा केही साझेदारी छ ,यसैले संस्था अगाडि बढेको छ उनलेे भने ।फुर्सदमा मात्रै हाेइन जतिबेला पनि प्रकाश अपांगहरुकाे पिडामा हुन्छन् ।उक्त क्षेत्रमा प्रकाशकाे नजरमा अझ विकराल अवस्थामा जीवन गुजारा गरिरहेका अपांगहरु छन ।

Recent Update