April 18, 2021, Sunday
२०७८ बैशाख ५

नेपालमा आज थप ४ सय १८ जना कोरोना संक्रमित थपिए

253

काठमाडौं –  नेपालमा आज थप ४ सय १८ जना कोरोना संक्रमित थपिएका छन् । देशभरका प्रयोगशालामा ७ हजार ६ सय ३७ नमुना परीक्षण गरिएको थियो। योसँगै देशभर कोरोना संक्रमितको कुल संख्या २० हजार ७ सय ५० पुगेको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमले नियमित प्रेस ब्रिफिङमा उक्त कुराको जानकारी दिएका हुन्।  त्यस्तै विगत २४ घण्टामा कोरोनामुक्त हुनेको संख्या  ३ सय ५८ रहेको छ। 

यो सँगै हालसम्म १४ हजार ९ सय ६१ जना कोरोनाबाट निको भएका छन्।