October 31, 2020, Saturday
२०७७ कार्तिक १५

विश्वभर १ करोड ८४ लाखभन्दा बढीमा कोरोना संक्रमण पुष्टि

180

काठमाडौं – विश्वभर १ करोड ८४ लाखभन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

एकै दिन १ लाख ९९ हजार ३१२ जना संक्रमित भएका छन् । योसँगै विश्वभर कोरोना संक्रमितको संख्या १ करोड ८४ लाख ३४ हजार ८८३ पुगेको हो ।

कुल संक्रमितको ६० प्रतिशतभन्दा बढी निको भएका छन् । मंगलबार बिहानसम्म १ करोड १६ लाख ६५ हजार ६६६ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा मात्रै २ लाखभन्दा बढी निको भएका छन् ।

यस्तै एकै दिन ४ हजार ३६६ जनाको कोरोना संक्रमणबाटै मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ६ लाख ९६ हजार ८१७ पुगेको छ ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख ४ हजार ५९ जनाको मृत्यु भएको छ । २९ लाख २३ हजार ५९० जना संक्रमित भएकोमा १७ लाख ५५ हजार २०४ जना संक्रमणमुक्त भएका छन् ।

Recent Update