October 20, 2020, Tuesday
२०७७ कार्तिक ४

नेपालमा कोरोना भाईरसको प्रभाव तथा अवसर

1.3K

कृष्ण पाण्डे

कोरोना भाईरसको प्रभाव विश्व भरीनै फैलिएको छ । यो साधारण तथा कमजोर भाईरस, जसको उपचार तथा औषधी नै बनेको छैन केवल प्राथमिक उपचार बाहेक । यसबाट बच्न स्वास्थ्य सम्बन्धी जागरुकता, पोषणयुक्त साकाहारी खाना सामाजीक दुरी, अनुसाशित भई घरमा बस्ने, सफा सुग्घर, सावुन पानीले नियमीत हात धुने साथै मुख, नाक, आँखा देखि फैलिने हुनाले सधै सफा राखी विशेष ध्यान दिने जस्ता कार्य गर्यो भने यो भाईरसले छुदैन ।

अहिले सम्मको अनुसन्धान अनुसार करिब ८० प्रतिशत रिकभरि साथै २० प्रतिशत मृत्युरेट देखिएको छ । ५० बर्ष भन्दा माथिका मानिसहरु जसको रोग प्रतिरोधात्मक शक्ति कम छ, दिर्घ रोगी छन् तिनीहरुलाई मात्र प्रभाव पारेको देखिन्छ । ध्ज्इ को रिपोर्ट अनुसार ८० प्रतिशत कोरोना भाईरस लागेको मानिसहरुलाई थाहा नै नपाई ठिक हुने गरेको देखिन्छ ।


नेपालको सन्दर्भमा कोरोना भाईरसको को प्रभाव न्युन रहेको देखिन्छ । आज सम्म गरिएकोे कोरोना टेष्टको औषत रिपोर्ट अरु देश सँग तुलना गर्दा नेपाली आम जनताको रोग प्रतिरोधात्मक शक्ति, अमेरिकन, तथा युरोपियन देशका जनता भन्दा मजबुत देखिएको आँकलन गर्न सकिन्छ । यसको कारण यहि नै हो भनेर ठोकुवा गर्न नसकिएपनि जसका प्रमुख निम्न कारणहरु अनुमान लगाउन सकिन्छ ।


नेपाल हिमाल, पहाड र तराई तिन अलग अलग प्रकृतिको हावा पानी, तापक्रम र वातावरण भएको देश हो । जहाँ माईनस डिग्री देखि ४०–४५ डिग्री सम्म तापक्रम १९३ कि.मि. कै दुरीमा पाउन सकिन्छ । मानिसहरुको आवतजावत गर्दा तापक्रमको प्रभावले कोरोना भाईरस धेरै लामो समयसम्म शरिरमा टिक्न पाउँदैन आफै स्वतः नष्ट हुन्छ ।


नेपाल कृषि प्रदान देश हो । यहाँ कृषकहरु धेरै मेहेनत गर्ने गर्छन । राजधानी तथा मेट्रो सिटीको अलावा गाउँ गाउँमा आफैले उव्जाएको अर्गानिक तरकारी तथा खाद्य बस्तुहरु खाने गरिन्छ । जसको कारणले नियमीत व्यायाम (काम), पोषण युक्त खानाले उनीहरुको शरिर तन्दुरुस्त साथै रोग प्रतिरोधात्मक शक्ति बढि देखिन्छ, जसको कारणले कोरोना जस्ता अन्य भाईरसले आक्रमण गर्न सक्दैन ।


अर्को कुरा नेपाल बनस्पतीको धनी देश हो, २००२ को सरकारी आँकडा अनुसार ५८५६ प्रकारका बनस्पती पाईन्छन् । हिमाल, पहाड र तराई मा अलग अलग प्रकृतिका ६९० औषधीयुक्त जडिबुटि पाईन्छ । यहि जडिबुटिबाट पाईने औषधी युक्त हावापनीले कोरोना जस्तो सरुवा भाईरसबाट बच्न शक्ति प्रदान गरेको छ । जसको कारणलेगर्दा नेपालमा कोरोनाको असर खासै नदेखिन सक्छ ।
विश्वास गरिन्छ, मानवजातीको उत्पत्ती प्रकृतिको देन हो ।

प्रकृतिले वातावरण अनुसार यसको डिजाएन गरेको हुन्छ । जस्तै धेरै गर्मिमा बस्ने मानिसहरु औषतमा काला जन्मीन्छन् किनकी सुर्यको किरण सँग प्रतिरोध गर्न कालो छाला मजबुत हुन्छ । धेरै ठन्डा ठाउँमा औषतमा सेतो छालावाला मान्छे देखिन्छ जसले हल्का घाम लागेपनी तुरुन्त सुर्यको किरण देखि पाईने तत्व ग्रहण गर्न सक्छ । यसकारण नेपाल ३ वटै वातावरण जस्तै अति चिसो, मध्यम तथा गर्मि पाईने ठाउँ भएकोले औषत रुपमा सरिरको बनावट ३ वटै अवस्थालाई थेग्ने गरि बनाएको हुन्छ । यसकारण नेपालीहरुको रोग प्रतिरोधात्मकको साथै शारिरीक मजबुत हुन्छन् ।


माथिका कुराहरुको साथमा हामी सबैले अनुशासीत भई कोरोना भाईरस रोकथामको लागि विशेष सजग भयौं भने कोरोना मात्र हैन भविश्यमा आउनै जुनसुकै प्रकारका सरुवा रोगबाट बच्न सकिन्छ । स्वास्थ्य भन्दा ठुलो विश्वमा केहि पनि छैन । सरकारलाई जति दोष दिएपनि हामीहरु समयमै सजग भएनौ भने कोरोनाको सन्जाललाई तोड्न सकिदैन ।

आजको दिनमा मै हुँ भन्ने शक्ति सम्पन्न् देशहरु कोरोनाको चपेटामा परेका छन्, मानविय तथा आर्थिक क्षेती भोग्न बाध्य छन् । हामी त आर्थिक मारमा मात्र परेका छौ, मानविय नोक्सान त देखिएको छैन । के तिनीहरुसँग पैसा, प्रविधि, जनशक्ति र अस्पताल नभएर हो र ? एक पल्ट हामी सबैले सोच्नु पर्ने अवस्था आएको छ । भनिन्छ विनास नभइै विकास हुदैन । कोरोनालाई हामीले हाम्रो सुधारको लागि अवसरको रुपमा लिनु पर्दछ ।


कोरोना प्रभावबाट दिगो विकासका परिकल्पना तथा अवधारण बनाउन सकिने तथा यसलाई समय सापेक्षिक अवसरहरुको रुपमा लिन सकिन्छ ।

स्वास्थ्य र शिक्षा क्षेत्रलाई प्रमुख रुपमा ध्यान दिई सातै प्रदेशमा उच्च स्तिरिय मेडिकल कलेज तथा अस्पताल खोली स्वास्थ्य तथा शिक्षा पर्यटनलाई प्रोत्साह गर्ने । स्वास्थ्य तथा शिक्षा क्षेत्रमा बिदेशी सम्बन्धन ल्याउने । जसरी बंगलादेश, चाईना, अमेरिका, अष्ट्रेलिया तथा युरोपले शिक्षा टुरिजमलाई प्रमुख उद्योग बनाएका छन् भने भारत, थाईलेँड, सिंगापुर, मलेसिया, टर्कि, मेक्सीको, कोस्टारिका, ताईवान, कोरिया, स्विटजरल्याण्ड जस्ता देशहरुले स्वास्थ्य पर्यटनलाई उच्च प्रार्थमीकता दिएका छन् । यिनि देशहरुको अर्थतन्त्र २५ देखि ४५ प्रतिशत सम्म यहि शिक्षा तथा स्वास्थ्य पर्यटनले धानेको छ । मैले आफैले २५ देशमा गरेको अनुसन्धानमा हाम्रो देशमा थोरै लगानीमै शिक्षा र स्वास्थ्य पर्यटन क्षेत्रमा विकास गर्न सकिन्छ ।

नेपाल भन्दा पछि बनेको देश बंगलादेशमा ९६ भन्दा बढि सरकारी तथा प्राईभेट मेडिकल कलेजहरु छन् जसमा ४० प्रतिशत भन्दा बढि बिदेशी बिद्यार्थि अध्ययनरत छन् । अर्को कुरा चाईनाको शिक्षा प्रणाली बिशेष गरि स्वास्थ्य शिक्षा, प्राविधिक तथा ईन्जीनियरिंग क्षेत्र विश्वमै १ नं. मा पर्ने कुरा त्यहाँको विकास निर्माणले प्रस्ट्याउँछ । यसको लागि शिक्षा र स्वास्थ्य मन्त्रालय अन्तर्गत अलग्गै विभाग बनाएर विस्तृत अध्ययन गरी कार्ययोजना बनाउन सरकारलाई सुझाव दिन चाहान्छु ।


हामीले बिकास निर्माणका योजनाहरु बनाउँदा, योजनाकारहरुको योग्यता तथा अनुभवको अभावको कारणले भनौ या हाम्रो सरकारको छनौटको दुरभाग्यको कारणले भनौ जहिले पनि अविकसित राष्ट्रको प्रविधि, पद्धतिलाई हेरी नक्कल गरेको देखिन्छ र त्यहाँका व्यक्ति वा कम्पनी सँग सल्लाह लिईन्छ । हाम्रो प्रशासक तथा योजनाकारहरुले कहिले पनि विकसित राष्ट्रको अवधारण, प्रविधि, तथा विकासलाई बुझ्ने कोसिस गरेन ।

बिगतमा जस्तै आर्थिक विशेषगरी सेक्युरिटी बजार क्षेत्रमा अध्ययनको लागि छिमेकी देश बंगलादेश तथा पाकिस्तानमा डेलिगेट गएको देखिन्छ, स्वास्थ्य क्षेत्रको अध्ययनको लागि भारत गएको देखिन्छ, अनि देशमा कसरी नयाँ सिस्टम विकास हुन्छ त ? हाम्रो सरकारको सोच बद्लीनु पर्छ, भारत, पाकिस्तान, बंगलादेश जस्ता देशको होईन हामी चाईना, कोरिया, जापान को प्रबिधि तथा सिस्टम ल्याउनु पर्छ । नेपालीहरु पढेलेखेका अनुभवि बिद्धानहरु पनि छन् । देशले लगानी गर्यो तर बिदेशले फाईदा उठाईरहेको छ ।

खै त सरकारले अवसर दिएको । जसले केहि गर्न सक्छ, उसलाई बिदेशमा बस्न बाध्य बनाउने स्थिती सृजना भएको छ । भारत जसरी बिकास गरिरहेको छ त्यो आफुले होईन, त्यो त ब्रिटिश सरकारले गरेको हो, अहिले आएर जापान तथा अन्य बिकसीत देशहरुको व्यवस्थापनको सहकार्यमा मेट्रो, स्वास्थ्य, ईन्जीनियरिंग क्षेत्रमा प्रगती गरिरहेको छ ।


त्यसकारण हाम्रो देशले यस कोरोनाको भयावह स्थितीबाट पार लगाएपछि दिर्घकालिन विकासका परिकल्पना तथा अवधारण बनाउनु पर्छ र आम नेपाली जनताहरुले पनि यसलाई अवसरको रुपमा लिएर देशमै मिलेर केही गरौं भन्ने बिचार बनाउनु पर्दछ ।


(लेखक : (MBA, PhD Scholar ) कृष्ण पाण्डे नेपाल मेडिकल टुरिजम अर्गनाईजेशन तथा एक्स्प्लोर प्रोडक्टीभ चेम्बर अफ कमर्श, काठमाण्डौं का अध्यक्ष हुन )

Recent Update