October 26, 2020, Monday
२०७७ कार्तिक १०

दक्षिण कोरियामा भिषण वर्षाका कारण १३ जनाको मृत्यु

267

सियोल – दक्षिण कोरियामा विगत ४ दिनदेखिको भिषण वर्षाका कारण मंगलबारसम्म १३ जनाको मृत्यु भएको छ भने १३ जना बेपत्ता भएका छन् ।  केन्द्रीय विपद निकायका अनुसार कोरियाको मध्य क्षेत्रमा अगष्ट १ देखि निरन्तर भइरहेको वर्षाले जनधनको ठूलो क्षति भएको हो । भारी वर्षाबाट राजधानी सियोल र वरपरका क्षेत्र व्यापक प्रभावित भएका छन् ।

उत्तरी चुङचियोङ प्रान्तका ५५५ परिवार समेत एक हजार २५ जनालाई सुरक्षित स्थलमा सारिएको छ । करिब ५ हजार ७५१ हेक्टर जमिन डुबानमा परेको छ भने निजी तथा सरकारी सम्पत्तिमा क्षति पुगेको छ ।

Recent Update