November 28, 2020, Saturday
२०७७ मंसिर १३

विवेकशील नेपाली दलका प्रदेशसभा सदस्यले स्वास्थ्यमन्त्री ढकाल बिरुद्ध अख्तियारमा दिए उजुरी

456

स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल

मेडिकल सामग्री खरिद गर्दा अनियमितता गरेको आरोपमा स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी गरिएको छ । विवेकशील नेपाली दलका बाग्मती प्रदेशसभा सदस्य रमेश पौड्यालले बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी गरेका हुन ।

प्रदेशसभा सदस्य पौडेलले बुधबार अख्तियारको वेबसाइटमार्फत मन्त्री ढकालकाविरुद्ध उजुरी दिएको उनलेे बताए । बजार दरभन्दा धेरै महँगोमा मेडिकल सामग्री खरिद गरी अनियमितता भएको देखिएको र सर्वत्र आलोचना हुँदासमेत जवाफ दिन आवश्यक नहरहेको भन्दै मन्त्री ढकाल पन्छिएको आरोप उजुरीमा लगाइएको छ ।

स्राेतका अनुसार उजुरीमा लगाइएका आरोपहरू यस्ता छन

• तीन महिनाअघि नै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तयारी गरेर खुलाएको टेन्डर रद्द गरेको,
• बजार दरभन्दा चार गुणासम्म महँगो पर्ने गरी मेडिकल सामाग्री खरिद गरिएको,
• खरिद कार्य गर्न आफू निकटका व्यापारीलाई रातारात सेटिङ मिलाएको,
• मेडिकल सामाग्री सप्लाईको अनुभव नै नभएको कम्पनीलाई तीन घन्टामै टेन्डर दिलाएको,
• वाणिज्य विभागमा दर्ता नै नरहेको कम्पनीको कोटेशन स्वीकृत गरेको,  
• विश्व स्वास्थ्य सङ्गठनले सिफारिस नगरेका र भर पर्न नसकिने भन्दै विभिन्न मुलुकमा आलोचना भएका र्‍यापिड टेस्टिङ किट सात करोड भन्दा बढीको लागतमा किनेको,

Recent Update