October 29, 2020, Thursday
२०७७ कार्तिक १३

गर्भपतन गराउन खाेज्दा आमा र बच्चाकाे ज्यान गयो ,चिकित्सक र प्रेमी पक्राउ

3.2K

पुर्वी रुकुमको  सिस्ने गाउँपालिकाको रुकुमकोटमा रहेको रुक्मिणी हस्पिटल प्रालीले गैर कानुनी ढङ्गले गर्भपतन गराउन खोज्दा मुसिकोट नगरपालिकाकी २६ वर्षीय पुष्पा घर्ती र पेटमा रहेको शिशुको मङ्गलबार ज्यान गएको छ ।मङ्गलबार बिहान आमा र शिशुको ज्यान गएको सूचना आएलगत्तै त्यस कार्यमा संलग्न चिकित्सक र महिलाका प्रेमी बताउने एक जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका सूचना अधिकारी तथा प्रहरी निरीक्षक (इन्सपेक्टर) दिनेश गुरुङले जानकारी दिए ।

अस्पतालले ती महिलाको पेटमा २२ हप्ताको बच्चा रहेको तर जीवित नभएको भन्दै अप्रेशन गरिएको जनाइएको छ । अस्पतालका डाक्टर रुपेशकुमार सिंङले अप्रेशनपछि अत्यधिक रक्तश्राव हुँदा आमा र शिशु दुवैको ज्यान गएको स्वीकार गरेका छन।पुष्पा रुकुमकोटमा मजदुरी गर्दै आएकि थिइन । रुकुम पश्चिमको सानीभेरी गाउँपालिकामा विवाह गरेकि पुष्पाको वैवाहिक सम्बन्ध सुमधुर हुन नसकेपछि रुकुमकोटमा तीन जना बच्चासहित बस्दै आएकि थिइन ।उनको सिस्ने गाउँपालिका ४ का रमेश घर्तीसँग प्रेम सम्बन्ध रहेको थियो । घर्तीले त्यो गर्भ आफ्नो भएको स्वीकार गरेका छन् ।
महिलाको मृत्युपछि उनका बुवा जयबहादुर घर्तीले प्रेमी भनिएका गणेश र डा. सिंहविरुद्ध मुद्दा दर्ता गराएका छन । मृतक आमा र शिशुको शवलाई पोस्टमार्टमको लागि जिल्ला अस्पतालमा राखिएको छ । घटनाको थप अनुसन्धान प्रक्रिया प्रहरीले अगाडि बढाएको छ ।

Recent Update