July 31, 2021, Saturday
२०७८ श्रावण १६

बन्दरगाहका अधिकारीहरू नजरबन्दमा, उद्धार कार्य जारी,मृत्युको संख्या १ सय ३५ पुग्यो

170

बेइरुतमा भएको ठूलो विस्फोटनको अनुसन्धान सुरु गर्नुअघि राजधानी शहरको उक्त बन्दरगाहका केही अधिकारीहरूलाई उनीहरूकै निवासमा नजरबन्दमा राखिएको लेबनन सरकारले जनाएको छ।

मङ्गलवार भएको विस्फोटनमा कम्तीमा १३५ जनाले ज्यान गुमाएका छन् भने घाइतेको सङ्ख्या ४ हजार भन्दा बढी छ।राष्ट्रपति मीसेल आउनका अनुसार असुरक्षित रूपमा राखिएको २,७५० टन अमोनियम नाइट्रेटका कारण विस्फोटन भएको बिबिसीले जनाएको छ ।

भन्सार प्रमुख बद्रि दाहेरले आफ्नो निकायले उक्त रसायन हटाउन भनेको तर “त्यस्तो नभएको” बताएका छन्।
“विस्फोटनको कारण पत्ता लगाउने कार्य हामी विज्ञहरूमा छोड्छौ,” उनले भने।विस्फोट हुन सक्ने गुण भएको रसायन अमोनियम नाइट्रेट कृषि क्षेत्रमा मलका रूपमा समेत प्रयोग गरिन्छ।बुधवार मन्त्रिपरिषद्को आपतकालिन बैठकमा राष्ट्रपति आउनले बेइरुतमा अघिल्लो रातको आतङ्क शब्दमा बयान गर्न नसकिने बताएका छन्।