October 20, 2020, Tuesday
२०७७ कार्तिक ४

नेकपा विप्लव नेतृत्वका रुकुम सेक्रेटरी सहित चार जना पक्राउ

621

नेकपा माओवादी नेत्र विक्रम चन्द्र (विप्लव ) नेतृत्वकाे रुकुम पश्चिम जिल्ला सेक्रेटरी सहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।जिल्लाकाे आठबिसकाेट नगरपालिकाकाे एक हाेटल बाट जिल्ला सेक्रेटरी ३९ बर्षका हिरामणी रावल(मन्जित) सहित चार जना पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय पश्चिम रुकुमले पुष्टि गरेको छ ।

यस्तै अखिल क्रान्तिकारी विद्यार्थी संगठनका जिल्ला अध्यक्ष प्रेम प्रशान्त बाेहरा, जिल्ला सदस्य घमण्ड महर र पाटीकाे हैसियत नखुलेका तुल बहादुर घर्तीलाई पनि प्रहरीले पक्राउ गरेको हाे ।

बुधबार साँझ पक्राउ गरि उनीहरुलाई जिल्ला सदरमुकाम खलंगा ल्याइदै छ ।सरकारले उक्त पाटीलाई प्रतिबन्ध लगाएको कारणले पक्राउ गरिएकाे र थप अनुसन्धान अगाडि बढाउने जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।यस अगाडि पनि प्रहरी पटक पटक पक्राउ गर्दै आएको छ ।पक्राउ परेकाहरु अदालत बाट छुटदै आएका छन । गैरकानुनी रुपमा पक्राउ गरिएको भन्दै तत्काल रिहाई गर्न नेकपा विप्लव नेतृत्वको पाटीले भन्दै आएको छ ।

Recent Update