April 12, 2021, Monday
२०७७ चैत्र ३१

आफ्नो पारिश्रमिक फिल्म कर्मचारीलाई दिने रोहितको निर्णय

104

मुम्बई – फिल्म निर्देशक रोहिट सेट्टीले फिल्म कर्मचारीलाई सहयोग गर्ने भएका छन् । कोरोनाको कारण गरिएको लकडाउनका समय कयौं पटक गरिबको सहयोगी बनेका रोहितले यो पटक भने जुनियर कलाकार, कोरस डान्सर, स्टन्डम्यान, लाइट म्यानलगायतका फिल्ममा काम गर्ने मजदुरहरुलाई सहयोग गर्ने भएका हुन् । रोहितले अहिले प्रसारमा भइरहेको चर्चित टिभी शो ‘खतरो के खिलाडी’ को विशेष संस्करणबाट मिलेको पारिश्रमिक फिल्म कर्मचारीलाई दिने निर्णय गरेका हुन् । सहयोग सिधै ब्यक्तिको खातामा जाने बताइएको छ ।

कोरोना भाइरस महामारीको सुरुका समय एफडब्युआईसिई र लकडाउनको समय घरमा रहेका फोटोग्राफरहरुको समेत सहयोगी बनेका रोहितले प्रहरी कर्मचारीको सहयोगका लागि १७ कोठाको समेत ब्यवस्था मिलाइदिएका थिए ।