October 20, 2020, Tuesday
२०७७ कार्तिक ४

चुच्चे पाटीमा एक व्यक्तिले श्रीमती र छाेरीलाई एसिड प्रहार गरे

267

काठमाडौं महानगरपालिका ६, चुच्चेपाटीमा घरायसी झगडाका कारण बाबुले आफ्नै छोरी र श्रीमतीमाथि एसिड प्रहार गरेका छन् । आपसी विवादका क्रममा हेटौंडा घर भई चुच्चेपाटी बस्दै आएका राजन विष्टले श्रीमतीलाई बिहिवार साँझ एसिड हानेको र सो क्रममा छोरीलाई पनि लागेको बताइएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी श्याम ज्ञवाालीका अनुसार एसिड छोरीको आँखामा लागेको छ ।  राजनले श्रीमति र छोरीमाथि एसिड हानेपछि रिसले आफूमाथि पनि छर्किएको प्रहरीले बताएको छ । उनीहर तीनै जनाको  हेल्पिङ अस्पतालमा उपचार भइरहेको छ ।

Recent Update