October 27, 2020, Tuesday
२०७७ कार्तिक १२

गाउँपालिकाकाे २५ लाख आफन्तको खातामा राख्ने लेखापाल सहित ४ जना पक्राउ

927

श्रीमती र भतिजोको खातामा अनधिकृत लाखौं रकम जम्मा गर्ने गाउँपालिका लेखापाल र उनलाई सहयोग गर्ने अन्य तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।गाउँ पालिका कार्यालयमा बिहिवार रातिको समयमा प्रमाणहरु नष्ट गर्न कागजात मिलाइरहेकाे अवस्थामा प्रहरीले पक्राउ गरेको हाे ।

जिल्लाको त्रिवेणी गाउँपालिकाका लेखापाल हेमन्त केसी , उनका भाई बिकास केसी ,भतिज भिमशेन केसी र सोहि पालिकामा करारमा सह -लेखापाल समेत रहेका, सुवास केसी लगायत ४ जना रातिको समयमा गाउँपालिकाे कार्यालयमा आइ प्रमाण नष्ट गर्ने क्रममा पक्राउ परेका हुन ।

लेखापाल केसीले श्रीमती र भतिजोको नाममा अनधिकृत रुपमा झण्डै २५ लाख रकम जम्मा गरेपछि जिल्ला प्रशासन कार्यालय रुकुममा मुद्दा चलेको छ । लेखापाल केसीले श्रीमती बिर्मा केसी र गाउँपालिका लेखापाल सहयोगीको रुपमा करारमा रहेका भतिज सुवास केसीको खातामा जम्मा गरेको रकम मध्ये करिब २४ लाख ९२ हजार गाउँपालिका खातामा विभिन्न चरणमा फिर्ता गरेका थिए ।

Recent Update