May 16, 2021, Sunday
२०७८ जेष्ठ २

विश्वमा कोरोना बाट संक्रमितको संख्या १ करोड ८९ लाख, ७ लाख १२ हजारको मृत्यु

301

एजेन्सी–विश्वमा कोरोना भाइरसको संक्रमण सङ्ख्या १ करोड ८९ लाख पुगेको छ।जोन्स हप्किन्स विश्वविद्यालयको पछिल्लो तथ्यांकअनुसार विश्वभर संक्रमितहरुको संख्या १ करोड ८९ लाख ८६ हजार ६ सय २९ पुगेको हो। हालसम्म ७ लाख १२ हजार ३ सय ३४ जनाको मृत्यु भइसकेको छ भने १ करोड १४ लाख ७७ हजार ८ सय ३४ जना निको भइसकेका छन्। 

सबैभन्दा बढी प्रभावित अमेरिकामा संक्रमितको संख्या ४८ लाख ७६ हजार ७ सय ९० पुगेको छ भने १ लाख ५९ हजार ९ सय ९० जनाको मृत्यु भएको छ। यस्तै, ब्राजिलमा २९ लाख १२ हजार २ सय १२ संक्रमित र ९८ हजार ४ सय ९३ को मृत्यु, भारतमा १९ लाख ६४ हजार ५ सय ३६ संक्रमित र ४० हजार ६ सय ९९ को मृत्यु र रुसमा ८ लाख ७० हजार १ सय ८७ संक्रमित र १४ हजार ५ सय ७८ जनाको मृत्यु भएको छ।