December 6, 2021, Monday
२०७८ मंसिर २०

नेपालमा कोरोना संक्रमितको संख्या २२ हजार २१४ पुग्यो

223

काठमाडौं- नेपालमा कोरोना संक्रमितको संख्या २२ हजार २१४  पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शुक्रबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।

विहीबार संक्रमितको संख्या २१ हजार ७५० थियो ।

पछिल्लो २४ घण्टामा थप ४२५ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १५ हजार ८१४ पुगेको छ ।