January 16, 2021, Saturday
२०७७ माघ ४

आगलागी पिडितलाई उद्योग बानिज्य संघ रुकुमको आर्थिक सहयोग

158

उद्योग बानिज्य संघ रुकुम पश्चिमले आगलागि पीडित व्यवसायीहरुलाई राहत वितरण गरेको छ । उद्योग बाणिज्य सगं रुकुमका संयाेजक पहल खड्का ,प्रदेश सभा सदस्य गोपाल शर्मा अनल , जिल्ला समन्वय प्रमुख राज कुमार शर्मा साथै जिल्ला प्रशासन कार्यालय रुकुमका प्रमुख जिल्ला अधिकारी उपेन्द्र राज पौडेल, जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ठग बहादुर के सि लगायतका प्रतिनिधीहरुको उपस्थितिमा राहत बितरण गरिएको हाे ।

राहत स्वरुप पिडित आमा कपडा पसललाई ३ लाख, हिमालय फेन्सी स्टोरलाई२ लाख, शाईकुमारी स्टेशनरी पसललाई १ लाख ५० हजार र सगरमाथा फेन्सी पसललाई ३० हजार रुपैयाँ राहत वितरण गरेको उद्योग बानिज्य संघ रुकुम पश्चिमले जनाएको छ । मुसीकोट बजार क्षेत्रका व्यापारीहरुबाट सहयोग संकलन गरी उद्योग वानिज्य संघले राहत वितरण गरेको हो ।’

यस्तै संघले रविन्द मोवाइल पसलका संचालककाे निधन प्रति समवेदना प्रकट गदै रु २० हजार रुपैयाँ प्रदान गरेको हो ।राहत स्वरुप सबैभन्दा वढी ग्लोबल आइएमी बैकका अध्यक्ष चन्द्र ढकालले २ लाख ५० हजार रुपैयाँ सहयोग गरेका थिए । त्यस्तै दलबहादर खड्का एभरेष्ट बहुसेवा प्रा.लि.ले २५ हजार ५० रुपैयाँ, आशा ट्रेडर्सका प्राेप्राइटर मोहविर खड्काले २५ हजार रुपैयाँ सहयोग गरेको थिए ।त्यस्तै रुकुम जिल्लाका व्यापारीहरुले १ सय ५० देखी २५ हजार रुपैयाँ सम्म सहयोग गरेको जनाएको छ । ७ हजार ५ सय देखी माथिको रकम सहयोग गर्ने १४ जना उद्योगी व्यापारीहरुलाई उद्योग वानिज्य संघ रुकुम पश्चिमले सम्मान समेत गरेको छ ।माघ २९ गते मुसिकोट नगरपालिकाका १ खंलगा बजारमा विद्युत सटभई ४ वटा पसलमा क्षती भएर दुई करोड ४० लाख रुपैयाँको क्षति भएको थियो ।