October 19, 2020, Monday
२०७७ कार्तिक ४

सल्यानमा कर्मचारी र सुरक्षाकर्मीकाे काेराेना बिमा सुरु

393

नेकाे इन्स्याेरेन्स कम्पनीले सल्यानमा कर्मचारी र सुरक्षाकर्मीकाे निशुल्क कोरोना बिमा शुरु गरेकाे छ। सरकार र नेको इन्स्योरेन्स कम्पनी बीच भएको सम्भौता अनुसार राष्ट्र सेवक कर्मचारी र सुरक्षाकर्मीको निशुल्क कोरोना बिमा शुरु गरिएको हाे ।नेको इन्स्योरेन्स कम्पनीले शुक्रबार सल्यान जिल्ला ट्राफिक कार्यालयमा कार्यरत रहेका ९ जना ट्राफिक प्रहरीकोको निशुल्क कोराना बिमा गरिएको छ । जिल्लामा रहेका सम्पुर्ण राष्ट्र सेवक कर्मचारी तथा सुरक्षाकर्मीहरुको कोरोना बिमा निशुल्क गर्ने लागेको नेको इन्स्योरेन्स कम्पनी सल्यानका शाखा प्रमुख नारायण दाहालले जानकारी दिएका छन।
देशभरका निजामती राष्ट्रसेवक र सुरक्षाकर्मी हरुको निशुल्क बिमा गरिने र अन्य सर्बसाधारणलाई एक लाख बराबरको बिमाकाे लागि प्रतिब्यक्ति तीन सय र पचास हजारको लागि रु १५० प्रतिब्यक्ति शुल्क लाग्ने जनाइएकाे छ ।कोरोना लाग्ने बित्तिकै बिमा क्षतिपुर्ती प्रदान गरिने जनाएको छ । नेपाली ३ महिना देखि ९९ बर्ष सम्मका नागरिकले सल्यान शाखाबाट बिमा सुबिधा लिन सकिने उक्त कम्पनीले जनाएको छ ।

Recent Update