September 19, 2021, Sunday
२०७८ आश्विन ३

प्युठानमा साइकल चढेका २ बालक माडिमा खसेर बेपत्ता

427

प्युठानमा २ जना बालक माडि नदिमा खसेर बेपत्ता भएका छन ।स्वर्गद्वारी नगरपालिका वडा नम्बर ७ प्यूठान सोत्रे निवासी सञ्जय पार्धेका छोरा अन्दाजी १०/११ बर्षीय सञ्जोक पार्धे र गोपाल गौतमका छोरा अन्दाजी ९/१० वर्षीय विपिन गौतम घर नजिकैको मोटरबाटोमा साइकल चलाउदै गर्दा सोत्रे ढिक (गोतामे टोल ढिक )बाट माडी नदिमा खसेर बेपत्ता भएकाे प्रहरीले जनाएको छ ।

करिब साढे ६ बजेतिर साइकलसङ्गै माडी खोलामा खसेका २ बालकको खोजी कार्य निरन्तर भैरहेको भिङग्री प्रहरीले जनाएको छ । नदिमा पानीको बहाव बढेकोलेे खाेजि कार्य प्रभावित बनेको छ ।खाेजि कार्यमा स्थानीयबासी ,प्रहरी सबै खटेका छन ।बालकहरु बेपत्ता भएपछि भिङ्ग्री शाेकमा डुबेको छ ।